काठमाडौँ — प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। बैठक कक्षका अधिकांश कुर्सी खाली देखिएका छन्।
बैठक सुरु हुँदा सांसदहरू उपस्थित हुने गरे पनि बैठक चलिरहँदा बीचमै बाहिरिने क्रम बढेकाले पछिल्लो समय संसद् बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिन थालेको हो।
संसद्मा महत्वपूर्ण विषयमा छलफल र निर्णय प्रक्रिया अघि बढिरहेका बेला सांसदहरूको न्यून उपस्थितिले बैठकको प्रभावकारितामाथि प्रश्न उठाएको छ। बैठक कक्षमा उपस्थित सांसदहरूको संख्या घट्दै जाँदा कतिपय समयमा अधिकांश कुर्सी खाली देखिने गरेका छन्।
तस्बिर: नेपाल फोटो सर्भिस (NPS)
















