८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने

९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
अ+ अ-

काठमाडौं। ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६अष्ट्रेलियाको सिड्नी टाउन हलमा हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट प्रतिभा, सिर्जना र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्यले आगामी १७ डिसेम्बरमा आयोजना गर्ने तयारी भै रहेको आयोजक मध्येका एक नेपाल फिल्म सोसाइटीका सञ्जय खतिवडाले जानकारी दिनुभयो ।

नेपाल फिल्म सोसाइटी र भारा इन्टरटेन्मेन्टले सयुक्त रुपमा आयोजना गर्न लागिएको कार्यक्रमको आयोजना अरुणचन्द्र श्रेष्ठ र रुपेश भट्टराईले गर्नेछन् भने विजय सापकोटाले सल्लाहकारको भूमिका निर्वाह गर्ने जनाईएको छ ।

आयोजकका अनुसार अवार्ड समारोहले विश्वभर रहेका नेपाली चलचित्रकर्मी, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूको योगदानलाई सम्मान गर्दै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, नेपाली चलचित्र उद्योगलाई विश्वव्यापी दर्शकमाझ प्रवर्द्धन गर्न तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न पनि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय समारोहका रूपमा स्थापित हुँदै आएको छ, जहाँ नेपाली सिनेमाको उत्कृष्टता, सिर्जनशीलता र योगदानलाई विश्वमञ्चमा उत्सवका रूपमा मनाइन्छ।