२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा

बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली

बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली
अ अ+ अ-

नुवाकोट। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पहलमा निर्माण गरिएका अस्थायी आवासको साचो बाढी प्रभावित परिवारलाई हस्तान्तरण गर्दै उहाँले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो ।

“बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाई पुनर्निर्माणमा लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “त्यसका लागि प्रभावित नागरिकको अस्थायी आवास र जीविकोपार्जनसँगै रोजगारी तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन ध्यान दिनुपर्छ ।”

जिफन्टले निर्माण गरेका १८ वटा अस्थायी आवास रसुवामा भोटेकोशी बाढीबाट प्रभावित भई सुरक्षित बसोबासको खोजीमा नुवाकोट आएका परिवारलाई हस्तान्तरण गरिएको हो । प्रभावित परिवार बसोबासको लागि सुरक्षित स्थानको अभाव भएको भन्दै जिफन्टले ती भवन तयार गरेको हो ।

नेकपा (एमाले) नुवाकोटका जिल्ला सचिव शिवकुमार चित्रकारका अनुसार स्थानीयको जग्गा भाडामा लिएर जिफन्टको आर्थिक सहयोग र श्रमदानमार्फत ती आवास निर्माण गरिएका हुन् ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो । रासस