२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने
अ अ+ अ-

काठमाडौँ। सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गर्नुभयो । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन ।

यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको ‘पोस्टल सिम पोर्टल’मा क्लिक गरेर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकता/राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ ।

सिमका लागि रु ९० र हुलाक डेलिभरीका लागि रु ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ । सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ । हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन् ।

आधा घण्टामै मन्त्रालयमा सिमकार्ड

हुलाक–सिम सेवा शुभारम्भसँगै मन्त्री डा तिमिल्सिनाले नयाँ सिमकार्डका लागि अनलाइन आवेदन पेस गर्नुभयो । टेलिकमको सुन्धारास्थित कार्यालयबाट व्यक्तिगत विवरण ‘भेरिफाइड’ भएपछि मन्त्री तिमिल्सिनाले अनलाइनबाट भुक्तानी गर्नुभयो ।

भुक्तानी सफल भएलगत्तै टेलिकमले हुलाकमार्फत सूचना तथा सञ्चार मन्त्रालयमा ‘फिजिकल’ सिम उपलब्ध गराएको थियो । हुलाक सेवाका कर्मचारी पुस्कर बस्नेतले उक्त सिमकार्ड मन्त्री तिमिल्सिनाले दिनुभएको ‘स्थान’ मा पुर्‍याउनुभएको थियो ।

मन्त्री डा तिमिल्सिनालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा उक्त सिमकार्ड हस्तान्तरण गर्नुभयो । मन्त्री डा तिमिल्सिनाले आवेदन गर्नुभएको करिब आधा घण्टामा सिमकार्ड तोकिएको ‘स्थान’ मा आइपुगेको थियो ।

सहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा र ग्रामीण भेकमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन

कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्‍याउने प्रयास गर्नुहोला ।”

नागरिकले चाहेकै स्थानमा सिमकार्डलगायत सरकारी सेवा पुर्‍याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उहाँले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताउनुभयो ।

हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने

सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गर्नुभयो ।

सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले टेलिकमको सिम बिक्री वितरणको विद्यमान व्यवस्थामामा हुलाक–सिम सेवा नयाँ ‘डिपार्चर’ भएको बताउनुभयो । “यो सुरुआत हो, यसको दिगोपनामा दुवै पक्षले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “हल्कारालाई पनि आवश्यक तालिम र अभिमुखीकरण गर्नुपर्छ ।”

टेलिकमका प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो । हुलाक सेवा विभागका महानिर्देशक भट्टराईले सहर तथा दूरदराजका नागरिकले सहजै सिमकार्ड पाउने चाहना सरकारले पूरा गरेको बताउनुभयो । रासस