२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
अ अ+ अ-

काठमाडौं। दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ।

साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ।

यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए।

तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए।

यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन्। यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको छ।

यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित थिएन। यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ।

‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको छ।

यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ। यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ।

कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भन्नुभयो, “यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ। हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो।”

यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो। यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ।