८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

राजधानीमा उच्च प्रविधियुक्त चिनियाँ चलचित्र

राजधानीमा उच्च प्रविधियुक्त चिनियाँ चलचित्र
अ+ अ-

काठमाडौँ: ‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ काठमाडौँमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा विभिन्न चलचित्रको ट्रेलर प्रदर्शन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।

हिमालयन रिम फिल्म एक्जिविसनले आयोजना गरेको दुई दिने कार्यक्रममा चार वटा चिनियाँ चलचित्र प्रदर्शन गरिँदैछ । दुई देशको सांस्कृतिक तथा प्रविधि र एनिमेसन कला नवप्रवर्तन गर्ने उद्देश्यसहित आयोजना गरिएको क्रार्यक्रममा ‘ब्लेड्स अफ दी गार्जियन: वाइन्ड राइज इन दी डिजर्ट’, ‘दी लिजेन्ड अफ दी कन्डर हिरो: दी ग्यालेन्ट्स’, ‘दी मास्टर’ र ‘आइ एम ह्वाट आइ एम २’ प्रदर्शन गर्न लागिएको हो ।

चिनियाँ कराते र मार्सल आट्र्सलाई केन्द्रमा राखिएको यी चलचित्रबारे कलाकारहरुले चीनबाटै अनलाइनमार्फत् आफ्नो अनुभव र प्रदर्शनीको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न चिनियाँ निर्देशक, प्राध्यापक, कलाकार र विद्यार्थीहरुको उपस्थिति थियो । काठमाडौँमा प्रदर्शनी सकिएपछि एक्जिविसनले पोखरामा पनि प्रदर्शन कार्यतालिका राखेको छ । गत वर्षबाट थालिएको उक्त प्रदर्शनीले दुई देशबीच कायम रहेको चलचित्र क्षेत्रको सहयोगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।