२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार गर्न खाेज्ने व्यक्तिकाे सर्पले डसेर मृत्यु



अ+ अ-

चीन । चीनकाे एक होटलमा भएकाे एउटा घटनाले सबैलाइ चकित बनाएकाे छ ।

चीनकाे जियाङ्सी प्रान्तकाे एक हाेटलकाे काेठामा एक व्यक्तिकाे मृत शरीर र तीनवटा सर्प भेटिएकाे छ ।ती व्यक्तिलाइ देखेर फायरफाइटर बाेलाइयाे । फुजहाेउ फायर ब्रिगेडले घटनास्थलमा तत्कालै सातजना फायरम्यान पठायाे ।

त्यहाँ पुगेका फायरम्यानले एउटा सर्प हाेटलकाे काेठामा भेटेका थिए भने अर्काे सर्प खाली काेठामा पसेकाे थियाे । सर्पका साथ एकजना मृत व्यक्ति पनि भेटिएका थिए ।

यसकाे पछिल्तिर निकै खतरनाक कथा छ । त्याे काेठामा एक महिला बस्थिन् । एक व्यक्ति सर्पदेखि डराएकाे नाटक गरी त्याे काेठाभित्र छिरेर ती महिलालाइ बलात्कार गर्न खाेजेकाे थियाे । तर त्यही सर्पले ती व्यक्तिलाइ डस्याे, र त्यसकाे मृत्यु भयाे ।

फायरफाइटर्सका अनुसार ती व्यक्तिसँग विश्वकै निकै विषालु सर्प थियाे । काेठाभित्र उनीहरूले हेर्दा ती व्यक्तिकाे मृत्यु भइसकेकाे थियाे । उनलाइ बचाउन सक्ने कुनै गुन्जाइस नै थिएन ।

झाअाे नामकी महिलाले प्रहरीमा दिएकाे बयान अनुसार एक शंकास्पद व्यक्तिले ती महिलालाइ हाेटलकाे काेठामा लगेका थिए । काेठाभित्र अाउँदा उसले तीनवटा सर्प साथमै लिएर अाएकाे थियाे । ती महिलाका अनुसार त्याे व्यक्तिले सर्प देखाएर बलात्कार पनि गरेकाे थियाे ।  त्यही समय ती सर्पले त्याे व्यक्तिलाइ डस्याे । सर्पले डसेपनि ती व्यक्ति हाेटलकै अाेछ्यानमा सुते । अाधी रात ती महिला घर फर्किन् ।