२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०१८ का अनौठा यि विश्व कीर्तिमान



अ+ अ-

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफूलाई दर्ज गर्नका लागि मानिसहरु केसम्म गर्न पछि पर्दैनन् रु जो कोहीले पनि विश्व कीर्तिमानी बन्नका लागि कुनै कसर बाँकी राख्ने कुरै भएन ।

यो वर्ष सन् २०१८ मा पनि दुनियाँमा कैयन् मानिसहरुले अनेक खालका नयाँ कृत्य गरेर वा आफ्नो अनौठो खुबीका कारण गिनिज बुकमा नाम लेखाउन सफल भए । तीमध्येका केही रोचक विश्व कीर्तिमान यस्ता छन्ः

· विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिलाको कीर्तिमान रुसकी एकातेरिना लिसिनाले राखेकी छिन् । उनको बायाँ खुट्टाको लम्बाई १३२.८ सेमी र दायाँ खुट्टाको लम्बाई १३२.२ सेमी छ ।

· यो दुनियाँमा लामा परेलाका कारण पनि मान्छेले कीर्तिमान राखेका छन् । चीनकी यू जियांक्सिया विश्वमा सबैभन्दा लामा परेला भएकी महिला हुन् । उनका परेलाको लम्बाई सन् २०१६ मै १२.४ सेमी थियो, जुन अहिले झनै लामो भएका छन् ।

· अमेरिकाकी आयना विलियम विश्वमा सबैभन्दा लामो नङ भएकी महिला हुन् । उनको सबैभन्दा लामो नङको लम्बाई १०.९ इन्च छ ।

· तपाइँलाई कसैले मुखले बेलुन फुलाउन दियो भने एकदुईवटा फुलाएरै थाक्नुहुनछ होला । तर अमेरिकाको कोलोराडोमा बस्ने हन्टर इवनले चाहीँ आफ्नो मुखले लगातार ९ सय १० वटा बेलुन फुकेर विश्व कीर्तिमान राखेका छन् ।

· अमेरिकाका बेनी हार्लेमले सबैभन्दा अग्लो कपालको जुरो बनाएर विश्व कीर्तिमान कायम गरे । उनको कपालको जूरोको उचाई ५२ सेन्टिमिटर छ ।

· पालो ग्याब्रियल र सिल्भा बोरास विश्वका सबैभन्दा होचो कदका दम्पत्ति हुन् । दुबैको उचाई जोड्ने हो भने जम्मा १८१।४१ सेन्टिमिटर छ । उनीहरुले सन् २०१६ मा बिहे गरेका थिए ।

· बेल्जियमका एकजना इन्जिनियर जेफ पिटर्सले विश्वकै सबैभन्दा गह्रौँ साइकल बनाएर विश्व किर्तिमान कायम गरेका छन् । उनले बनाएको साइकल ८ सय ६० किलोको छ ।

· अमेरिकाका जिम एरिंगटन विश्वमा सबैभन्दा वृद्ध बडी विल्डर हुन् । उनको उमेर ८४ वर्षको छ । उनी पछिल्लो ७० वर्षदेखि लगातार बडी विल्डिङ प्रतियोगितामा भिड्दै आएका छन् ।

एजेन्सी