३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिल्यै नभेटेका गान्धी र आइस्टाइनले एकअर्कालाई लेखेका थिए यस्तो चर्चित पत्र



अ+ अ-

महात्मा गान्धी र वैज्ञानिक अल्बर्ट आइस्टाइन दुवै दिवंगत भइसकेका छन्। तर, दुवै इतिहास बनेर मानिसको मनमा अमर छन्।

धरातलीय हिसाबले टाढा रहे पनि गान्धी र आइस्टाइनबीच मित्रता थियो। आइस्टाइन गान्धीलाई निकै मन पराउँथे। भेट्न पनि चाहन्थे। तर, उनीहरुको भेट भने भएन।

भेट नभए पनि गान्धी र आइस्टाइनबीच पत्राचार हुने गरेको प्रमाण भने सुरक्षित छ। भारतमा रहेको गान्धी फाउन्डेसनमा सो पत्र रहेको छ।
जहाँ उनीहरुले एकअर्कालाई यसरी सम्बोधन गरेका छन् ।

आइस्टाइन लेख्छन् :


आदरणीय मिस्टर गान्धी
हाम्रो घरमा तपाईंको मित्र आएको समयलाई सदुपयोग गर्दै म तपाईंका लागि यो पत्र लेख्दै छु। तपाईंले आफ्नो कर्मबाट हिंसाबिना पनि सफल हुन सकिन्छ भन्ने कुरा प्रमाणीत गर्नुभएको छ, त्यो पनि ती व्यक्तिसँग रहेर जो हिंसाबाट अलग छैनन्। तपाईंको यो उदाहरणीय काम तपाईंको देशको सीमाभन्दा बाहिर पनि फैलन्छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल हुनेछ भन्ने मेरो आशा छ। सबैले सबैको सम्मान गरुन् र युद्ध विवादलाई साम्य पारुन्।
हार्दिक स्नेहका साथ
तपाईंको
( आइस्टाइन)
मलाई आशा छ कुनै दिन म तपाईंसँग भेट्न सक्ने छु।

गान्धीको जवाफ
लण्डन
अक्टुबर, १८, १९३१
प्यारो मित्र,
सुन्दरममार्फत तपाईंले पठाएको सुन्दर पत्र पाएर म आनन्दीत छु। मैले गरिरहेको काम तपाईंलाई मन पर्नु मेरा लागि यो निकै महत्वपूर्ण कुरा हो। म पनि कामना गर्छु कि हामी एकअर्कासँग भेट हुन सकौँ, त्यो पनि भारतमा, मेरो आश्रममा।
तपाईंको निष्ठावान,
(गन्धी)