८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटीले मुटु चोरी गरेको आरोप, पुलिसलाई हराएको मुटु खोजिदिन युवकको आग्रह



अ+ अ-

भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो ।

एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।

एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको बताए । उनले भने, ‘पुलिस स्टेशनमा धेरैजसो मानिस आफ्नो हराएको सामान खोजिदिनुपर्ने भन्दै निवेदन दिन आउँछन् तर यसपटक अचम्म भयो । यो समस्या समाधानका लागि हामीले माथिल्लो तहको सल्लाह लियौं ।’

पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेको र उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाए ।

अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने बताउँदै फर्काए ।

यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषण कुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमका बेला साझा गरेका थिए ।




भर्खरै