३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्याउनै कठिन, गाडेको बच्चा ८ दिनपछि ज्यूँदै निकालियो



अ+ अ-

जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ ।

घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ । समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।

उनी डराइन् र नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ । तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसले बच्चा रोइरहेको ठाउँमा खोस्रिएर हेरे । दुइ फुटमुनि खोस्रिएपछि एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो ।

समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बतएका छन् । जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

वर्षाको पानी समेत परेकाले बच्चाले पानीको थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै चामत्कारिक घटना भएकोमा सबै एकमत छन् ।