७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय घण्टासम्म भाषण गरे भारतीय युवाले, नेपालीहरुको कीर्तिमान भंग



अ+ अ-

भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् ।

यतिश चन्द्र शुक्ला नामका ती युवकको नाम अब गिनिज बुकमा लेखिनेछ ।

उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गर्नेछन् । अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए ।

भारतीय युवा यतिशतले बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे ।

गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए ।

सय घण्टासम्म भाषण गर्ने यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए । त्यस्तै १ सय २३ घण्टासम्म लगातार पढेर पनि उनले गिनिज बुकमा नाम लेखाएका छन् ।

एजेन्सी