७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषको शरिरमा भेटियो पाठेघर र अण्डाशय



अ+ अ-

काठमाडौं । पुरुषको शरीरबाट महिलामा हुने अंगहरु भेटिएपछि चिकित्सकहरु नै छक्क परेका छन् । मुकेश नाम(परिवर्तन) की पत्नीले भनिन– मेरा पतिको शरीरभित्र महिलामा हुने अंग छन् भन्ने पत्तै पाइन न त पतिले नै थाहा पाए ।

मुकेशको शरीरबाट महिलामा हुने अंगहरु गर्भाशय,अण्डाशय तथा फ्यालोपियन ट्युब लगायत हालै शल्यक्रिया गरी निकालिएको बीबीसीले लेखेको छ । उनकी पत्नी मान्यता९नाम परिवर्तन०का अनुसार मुकेश सानै उमेरदेखि नै हर्निया रोगबाट ग्रसित थिए ।

यसका कारण उनलाई असह्य पीडा भने भइरहन्थ्यो । काम गर्न पनि उनि सक्दैनथे । त्यसपछि उनको परिवारले उनको शल्यक्रिया गर्नको लागि पाटलिपुत्रा मेडिकल कलेज एण्ड हस्पिटलमा लगेका थिए । उक्त अस्पतालमा जब डाक्टरहरुले मुकेशको हर्नियाको शल्यक्रिया गर्नेक्रममा गरिएका विभिन्न परीक्षणबाट यस्तो अनौठो रहस्य थाहा पाए अनि परिवारलाई बताएका थिए ।

मुकेश की पत्नीले यो सब थाहा पाएपछि आफूलाई निकै ठूलो झड्का महसुस भएको बताइन् । उनले भनिन–५ वर्षअघि मेरो विवाह एक नौजवान युवकसँग भएको थियो, उनको शरीरमा महिला अंग पनि छ भन्दा म मान्नै तयार भइन्,विश्वास नै लागेन, सपना जस्तो लाग्यो ।

उनले भनिन–यो सब थाहा पाएपछि म बेस्सरी रुन लागे,त्यसपछि डाक्टरहरुले मलाई सम्झाएकी मेरो पतिको पुरुषार्थमा यसले केही असर गर्ने छैन किनकी महिला अंगजती सबै निकालिसकिएको छ । उनकी पत्नीका अनुसार मुकेशलाई यो विषयमा केही पनि बताइएको छैन । परिवारका अनुसमार मुकेशमा महिलामा हुने कुनै पनि चालचलन तथा लक्षण केही पनि देखिने गरेका थिएनन ।उनी बाहिरबाट हेर्दा र क्रियाकलाप पनि सबै पुरुषकै गर्दथे ।एजेन्सी,