८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन खोलेर गरिन्छ विवाह



अ+ अ-

हरेक आमाबुवाको चाहना आफ्ना छोराछोरीको विवाह राम्रोसँग गर्ने हुन्छ । पहिले विवाहको समय निश्चित भएपछि वर्ष दिनअघिदेखि परिवारका सदस्यहरू पूजाआजाका सामान, गरगहना, दुलहीका पहिरनदेखि लिएर अन्य आवश्यक सामग्री जुटाउन व्यस्त हुन्छन् । पहिले हप्तौं दिनदेखि छिमेकी एवं आफन्तहरू आएर काममा सघाउने चलन थियो तर अहिले हरेक व्यक्ति उत्तिकै व्यस्त जीवन बिताइरहेका छन् । त्यसैले अरुको सहयोग अब कमै हुन्छ । 

विवाह अब बुवाआमा वा परिवारको चाहनामा मात्र सीमित रहेन । अहिले दुलहा–दुलहीले आफ्नो चाहनाअनुसार विवाहको योजना बनाउन थालेका छन् । तिनै जोडी र परिवारको इच्छा पूरा गर्न थुप्रै कम्पनीले विवाह प्याकेज उपलब्ध गराउन थालेका छन् जहाँ विवाहको छिनोफानो गर्नेदेखि हनिमुनसम्मका प्याकेज उपलब्ध हुन्छन् ।

छिमेकी देश भारतमा यस्तो प्याकेज पहिलेदेखि नै उपलब्ध भए पनि नेपालमा यस्तो सेवा उपलब्ध थिएन । विवाहको व्यवस्थापन गर्ने वा क्याटरिङसम्म उपलब्ध गराउने कम्पनी धेरै थिए । नेपालमा पनि यस्तो सेवा सुरु गर्न सकिन्छ भनेर नौ वर्षअघि नीता पौडेलले बजार अध्ययन गरेर वेलकम इभेन्ट म्यानेजमेन्टअन्तर्गत एक शाखाका रूपमा वेलकम वेडिङ स्थापना गरिन् । त्यसपछि अरू पनि थुप्रै वेडिङ प्लानर कम्पनी खुलिसकेका छन् । पछिल्ला केही वर्षमा यस्ता वेडिङ प्लानरको संख्या एक दर्जनभन्दा माथि पुगिसकेको छ । 

वेडिङ प्लानर

अहिले विवाहको प्लानिङ कि त दुलहा–दुलहीले गर्छन् कि त यस्ता कम्पनीलाई सबै काम जिम्मा दिइन्छ । एक दशकअघिको विवाहको ट्रेन्ड र अहिलेको तुलना गर्ने हो भने धेरै परिवर्तन आइसकेको छ । आजको दिनमा दुलहा–दुलही नै आएर डिल गर्छन् । विवाह कस्तो गर्ने, कहाँ गर्ने, कस्तो डेकोरेसन गर्ने, कस्तो प्रविधि अपनाउने, हनिमुन प्याकेज, कस्तो पहिरन लगाउने, गहना कस्तो बनाउने, कुन मेकअप आर्टिस्ट बुक गर्ने, फोटो तथा भिडियोग्राफी सबै दुलहा–दुलही आफैले मिलाउँछन् । साथै हिजोआज सामाजिक सञ्जालले अरु क्षेत्रजस्तै विवाहमा समेत प्रभाव पारेको छ । बाहिर कसरी विवाह भैरहेको छ, त्यसैअनुसार विवाह गर्न खोज्छन् र त्यसैअनुरूप विवाह योजना बनाइदिन आग्रह गर्छन् । विवाह मण्डपदेखि, पहिरन, मेकअप, खानाको मेनुसम्म परिवर्तन भैसकेको छ । 

हरेक दुलहा–दुलहीमा आफ्नो विवाह अरूको भन्दा फरक र नौलो होस् भन्ने चाहना बढ्दै गएको छ । अहिले विवाह मण्डपको सजावटमा समेत उनीहरूको कन्सेप्ट, थिम तथा कलर मिलाउन सक्नुपर्छ । बजेटअनुसारको योजना बनाउन सक्नुपर्छ । कसैको दस लाखभित्र विवाह गर्ने योजना छ भने त्यसै अनुरूपको योजना बनाइदिन सक्नुपर्छ । कतिपयले करोड पनि खर्च गर्छन् । त्यसअनुसार पनि प्याकेज उपलब्ध गराउन सक्नुपर्छ । विवाह मण्डपको डिजाइन कस्तो गर्ने, मेनु कस्तो राख्ने बजेटअनुसार योजना बनाउन सक्नुपर्छ । 




भर्खरै