• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

यी हुन् एउटै गीत गाएको १५ लाख लिने गायिका , उनको सम्पत्ति सुन्दा पर्नुहुनेछ चकित



काठमाडौं । गायिका नेहा कक्कड अहिले बलिउडमा चर्चित छिन् । प्रायः नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्ने गरेकी नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्को छ ।आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिजजस्ता महँगा कार छन् । उनको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ ।

पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी उनी केहीअघि डिप्रेसनको सिकार भएकी थिइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्दा दुःखद दिनका लागि सफल भए ।’ उनी इन्डियन आइडल सिजन २ की प्रतिस्पर्धी हुन् । नयाँ पत्रिकामा खबर छ ।