६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु

समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना

समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना
अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्ने बताउनुभएको छ।

परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले सेवाभावलाई केन्द्रमा राखी विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको हो।

नेपाल सरकारका नीति तथा प्राथमिकतासँग समन्वय गरी सामाजिक संघसंस्थाको योगदानलाई दिगो विकासका लक्ष्यअनुरूप परिणाममुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

मन्त्री बादीले शिक्षा, स्वास्थ्य, सीप विकास, महिला तथा बालबालिका, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, वातावरण, रोजगारी, कृषि तथा सामाजिक संरक्षणलगायत क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै रसुवा–भोटेकोशी विपद्मा राहत व्यवस्थापन तथा पुनर्स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ।

उहाँले परिषद्को सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन डिजिटाइजेसनमा लैजाने आवश्यकता औँल्याउनुभएको छ। डिजिटल सेवा विस्तारसँगै सेवाग्राहीले टाढा–टाढाबाट काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भई परिषद्को सेवा नागरिकको पहुँचमा पुग्ने उहाँको विश्वास छ।

मन्त्री बादीले कार्यक्रम स्वीकृति, सहजीकरण, समन्वय, अनुगमन, मूल्याङ्कन तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै स्थापना दिवसलाई सामाजिक संघसंस्था तथा समाजसेवीले आफ्ना कामको समीक्षा र स्वमूल्याङ्कन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ।

अन्त्यमा, उहाँले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था एवं समाजसेवीलाई शुभकामना दिँदै समाज कल्याण, सेवा र विकासका कार्य अझ प्रभावकारी, व्यापक र जनमुखी बनी देश विकासमा ठोस योगदान पुर्‍याउन सकून् भन्ने कामना गर्नुभएको छ।