६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)
अ+ अ-

काठमाडाैँ । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा निधन भएको छ । घटनापछि आक्रोशित मृतकका परिवार र समर्थकहरूले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा भेला भई निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भएका अर्जुन दोङले सोमवार त्रिपुरेश्वरमा आफैँले चलाएको बसभित्रै आत्मदाहको प्रयास गरेका थिए । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

दोङको उपचारकै क्रममा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । दोङको मृत्युको खबर सार्वजनिक भएसँगै उनका आफन्त र समर्थकहरू अस्पताल परिसरमा जम्मा भएका छन् । उनीहरूले आत्मदाहजस्तो हृदयविदारक घटनाका लागि जिम्मेवार पक्षमाथि कानूनी कारबाही हुनुपर्ने र घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले पीडित परिवारका लागि उचित क्षतिपूर्ति र दोषीलाई अविलम्व न्यायको कठघरामा उभ्याउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । हाल अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मृतकका परिवार र स्थानीय प्रशासनबीच संवादको प्रयास भइरहेको छ । –न्युज एजेन्सी नेपाल