६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण

त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग

त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि सार्वजनिक बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधिसभामा सरकारको आलोचना भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलबारको प्रतिनिधिसभा बैठकमा घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठाका रूपमा टिप्पणी गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो ।

सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवादलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । घटना हुनुअघि नै चालकले आफू दबाबमा रहेको र ज्यान जोखिममा रहेको चेतावनी दिएको भए पनि राज्य संयन्त्रले समयमै संवेदनशीलता नदेखाएको उहाँको आरोप थियो ।

उहाँले केही महिनाअघि यस्तै प्रकृतिको घटनामा गणेश नेपालीको मृत्यु भएको प्रसंग उल्लेख गर्दै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय तथा प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउनुभयो ।

‘यो घटना केवल एक चालकको आवेगको विषय होइन, यसले श्रमिक र नियमनकारी निकायबीचको सम्बन्ध तथा राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ,’ उहाँले भन्नुभयो, ‘चालकले आफू दबाबमा रहेको चेतावनी दिँदा राज्यले समयमै संवेदनशीलता देखाएको भए यस्तो दुःखद अवस्था आउँथ्यो कि आउँदैनथ्यो भन्ने प्रश्न उठेको छ।’

सांसद दुलालले नियमनकारी निकायलाई मर्यादित, अनुशासित र नागरिकमैत्री बनाउन सरकारसँग आग्रह गर्नुभयो । साथै चालक तथा सहचालकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने उहाँको माग थियो ।

उहाँले सडक क्षेत्रमा कार्यरत लाखौं श्रमिक तथा चालकको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तथा श्रमिकको सुरक्षा सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, सवारी चालक अनुमतिपत्रसम्बन्धी विद्यमान झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने उहाँले माग गर्नुभयो । घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न र छानबिनको निष्कर्ष सार्वजनिक गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

उहाँले मृतक चालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभयो ।