६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण

भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण
अ+ अ-

नुवाकोट । नेपाल डिजास्टर रेजिलेन्स फाउन्डेसन (एनडीआरएफ) ले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवार तथा बालबालिकालाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।

शनिबार एनडीआरएफले आफन्त गुमाएका, घरबार पूर्णरूपमा गुमाएका तथा आमाबुबा दुवै गुमाएर अभिभावकविहीन भएका बालबालिकासहित सरकारी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितलाई भित्रीवस्त्र तथा लत्ताकपडा वितरण गरेको हो।

विदुर नगरपालिकास्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा रहेका २६ जना अभिभावकविहीन बालबालिका तथा न्यू पृथ्वी माध्यमिक विद्यालयका १३ जना शिक्षक–शिक्षिकालाई दैनिक आवश्यक सामग्रीसमेत हस्तान्तरण गरिएको एनडीआरएफले जनाएको छ।

त्यसैगरी, कभर्ड हल आश्रयस्थलमा रहेका एक सयभन्दा बढी प्रभावितलाई भित्रीवस्त्रसहितका लत्ताकपडा वितरण गरिएको छ।

एनडीआरएफका अध्यक्ष रेजिना प्रधानको नेतृत्वमा पदाधिकारी तथा सल्लाहकार समूहले आश्रयस्थलमै पुगेर राहत सामग्री वितरण गरेको हो।

अध्यक्ष प्रधानले विपद् जुनसुकै बेला जोसुकैमाथि पनि आउन सक्ने भन्दै अहिले गरिएको सानो सहयोगले प्रभावितलाई थप उत्थानशील बन्न र भविष्यमा अरूलाई सहयोग गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिन्।

राहत सामग्री प्राप्त प्रभावित तथा स्थानीय जनप्रतिनिधिले सहयोगप्रति धन्यवाद दिँदै आवश्यकताका आधारमा सामग्री वितरण गर्ने बताएका छन्।