काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी नेपाली बजारमा विशेष अफरसहित उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ अभियान सञ्चालन गरेको हो ।
सेप्टेम्बर १९ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमा नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । अभियानको मुख्य सन्देश ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ रहेको छ ।
अभियानअन्तर्गत टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा विशेष एक्सचेन्ज मूल्यांकनको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडानको सुविधा समेत पाउनेछन् । यी सुविधाले नयाँ विद्युतीय गाडी खरिदसँगै ग्राहकलाई थप लाभ पुग्ने कम्पनीको भनाइ छ ।
आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण टियागो ईभी नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलका रूपमा रहेको सिप्रदीले जनाएको छ ।
‘जोयफुल विक’ अवधिमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन् । कम्पनीका अनुसार यो विशेष अभियान सेप्टेम्बर २६ गतेसम्म मात्र सञ्चालन हुनेछ ।








