२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’

प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’
अ अ+ अ-

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ सार्वजनिक गरेको छ।

बैंकका अनुसार प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदलगायत आवासीय आवश्यकताका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो। योजनामार्फत विप्रेषणबाट प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गर्दै प्रवासी नेपालीको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने लक्ष्य बैंकले लिएको छ।

योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ। यो सुविधा देशभरका ३०० शाखाबाट उपलब्ध हुने बताइएको छ।

घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि ग्राहकले यस योजनाअन्तर्गत कर्जा सुविधा लिन सक्नेछन्।

त्यस्तै, बढीमा दुई जना सन्तानको नेपाल वा विदेशमा अध्ययनका लागि औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट तथा पहिलो वर्ष डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ।

प्रभु बैंकले प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई औपचारिक बैंकिङ माध्यमबाट परिचालन गर्दै निक्षेप विस्तार, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह र दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तारमा योजना सहयोगी हुने विश्वास व्यक्त गरेको छ। साथै, विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिदमा वित्तीय सहयोग पुग्ने बैंकको अपेक्षा छ।