काठमाडाैँ । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ ।
ललितपुरस्थित एक होटलमा जारी बैठकमा अध्यक्षद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले समूहगत छलफल गरिरहेका छन् ।
आज केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको छ । प्रत्येक केन्द्रिय सदस्यलाई तीन मिनेटको समय सीमा दिइएको छ । सोवमार पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रतिवेदनउपर नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।
सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पनि धारणा राख्नेछन् । बैठक बुधवारसम्म चल्ने बताइएको छ ।





















