६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
अ+ अ-

चितवन। जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ ।

पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो ।

ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिनुभयो । यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो ।

फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो । सवारी आवागमन बढी हुने ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो ।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमा हुनुपर्ने काम निर्माण कम्पनीको ढिला सुस्तीप्का कारण समय लागेको हो ।

उहाँले भन्नुभयो, “अब बत्ती राख्ने काम सुरु भएको छ । चाँडै सम्पन्न हुन्छ ।” जेनजी प्रदर्शनका कारणसमेत केही समय ढिला भएको उहाँले बताउनुभयो । बीचमा ठेकेदार कम्पनीले बत्ती ल्याउन ढिला गरी म्याद थपका लागि निवेदन दिए पनि विभागले अस्वीकार गरेको थियो ।

अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै काम गराइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले धेरै पहिले देखिनै महानगरपालिकाले सडक विभागलाई महानगरको सवारी उच्च चाप र जोखिम देखिएका ठाउँहरुमा ट्राफिक लाइट राख्न अनुरोध गर्दै आएको थियो ।

सोहीअनुसार विभागले काम थालेको भए पनि ढिलाइ भएको उहाँले बताउनुभयो । ‘ट्राफिक लाइट’ जडानसँगै सहज आवागमन र दुर्घटनामा कमी आउने उहाँको भनाइ छ । रासस