काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि पूर्ववत रूपमा कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेका ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि नेप्सेमा नियमित कारोबार सञ्चालन गर्न लागिएको हो ।
नेप्सेले आज असोज ६ गतेदेखि पूर्ववत रूपमा कारोबार सञ्चालन हुने जानकारी गराएको छ । प्राविधिक समस्याका कारण प्रभावित भएको कारोबार सेवा पुनः नियमित हुने भएपछि लगानीकर्तालाई कारोबारमा सहभागी हुन सहज हुने भएको छ ।








