६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए

पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए
अ+ अ-

काठमाडौँ। पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा रहेको लडाकुहरूको अखडालाई लक्षित गरी गरेको हवाई आक्रमणमा २८ जना लडाकुको मृत्यु भएको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयकाअनुसार सोमवार गरिएको यस कारबाहीमा एक आत्मघाती बमवर्षक तालिम केन्द्रसहित तीनवटा महत्वपूर्ण अखडा ध्वस्त भएका छन् ।

पाकिस्तानी सुरक्षा निकायले प्राप्त गरेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा यो कारबाही अघि बढाएको मन्त्रालयले जनाएको छ ।

मारिनेहरूमा धेरै आत्मघाती हमलाकारीहरू समेत रहेको दाबी गरिएको छ । हवाई आक्रमणका क्रममा लडाकु समूहले लुकाएर राखेको ठूलो परिमाणको हातहतियार तथा गोलाबारुद पनि नष्ट भएको बताइएको छ ।

हवाई कारबाहीका अतिरिक्त, पाकिस्तानले उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तका कोहाट, हङ्गु र थल क्षेत्रमा विशेष स्थलगत सैन्य अपरेसन पनि चलाएको छ ।

हालैका दिनहरूमा सो क्षेत्रमा लडाकु समूहबाट भएका श्रृंखलाबद्ध आक्रमणको प्रतिशोध स्वरूप यो कारबाही गरिएको हो । स्थलगत कारबाहीमा थप ९ जना लडाकु मारिएको र केही घाइते भएको सरकारी स्रोतले जनाएको छ ।

नागरिक हताहतीको प्रश्नमा मन्त्रालयले कारबाहीका क्रममा सर्वसाधारणको ज्यान नजाओस् भन्ने कुरामा पूर्ण सावधानी अपनाइएको दाबी गरेको छ ।

पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वका लागि प्रतिवद्ध रहेको बताउँदै, आफ्ना नागरिकको सुरक्षा नै राज्यको सर्वोच्च प्राथमिकता भएको मन्त्रालयले पुनः दोहो¥याएको छ ।

यता, अफगानिस्तान सरकारका प्रवक्ताले पाकिस्तानद्वारा गरिएको हवाई आक्रमणको पुष्टि गरेका छन् । तर, पाकिस्तानी दाबी विपरित अफगान पक्षले यस आक्रमणमा तीनजना सर्वसाधारणको समेत मृत्यु भएको जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल