६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
अ+ अ-

बागलुङ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।

यसअघि ६१ मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई सेवा दिन सहज भएको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ ।

पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याकोसमेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा सरुवा रोग सर्न सक्ने जोखिम थियो ।

मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताउनुभयो ।

सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा रु २० लाख र अस्पताल व्यवस्थापन समितिको रु  २० लाख गरी रु ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।

“डायलाइसिस विभागको भुइँतलामा एकतला थपगरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो”, अध्यक्ष शर्माले भन्नुभयो, “लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौँसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ ।

सेवा विस्तारपछि पालो नपाएर डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । रासस