२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ?



अ+ अ-

काठमाडौं । गायक यम बरालले राज्य मौन हुदा दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बनेको जनाउनु भएको छ ।

रक्त क्यान्सरको उपचार पछि त्रिवि शिक्षण अस्पताल डिस्चार्ज भएको केही दिन पछि बरालले राज्यले कलाकारलाई राष्ट्रिय सम्पदाका रूपमा भाषणमा सम्मान गर्छ, तर व्यवहारमा कलाकारको स्वास्थ्य, उपचार र सुरक्षाका विषयमा आवश्यक सहयोग र सहुलियत दिदैन भन्दै गुनासो गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ।

राज्यको उदासीनता

नेपाली सुगम संगीत क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरिरहेको छु.नेपालको गणतन्त्रपछिको राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी’ एउटै माला नेपाली’ जस्ता राष्ट्रिय भावनासँग जोडिएका सिर्जनामा समेत सुरबद्ध गर्ने अवसर पाएँ। तर यति लामो योगदानपछि पनि कहिलेकाहीँ मनमा प्रश्न उठ्छ—कलाकारले उपचार लागि घर खेत बेचन पर्ने अवस्था त आउने होइन? सायद त्यो अवस्था मेरो जीवनमा पनि आउन सक्छ।

त्यसैले मैले समयमै स्वास्थ्य बिमा गरौँ, आफ्नो भविष्यका लागि आफैँले सोचौँ भनेर आग्रह गरिरहेको छु। कलाकारका लागि राज्यको संरक्षण र सामाजिक सुरक्षाको अवस्था हेर्दा यो कुरा भन्नुपर्दा मलाई दुःख लाग्छ।
राज्यले कलाकारलाई राष्ट्रिय सम्पदाका रूपमा भाषणमा सम्मान गर्छ, तर व्यवहारमा कलाकारको स्वास्थ्य, उपचार र सुरक्षाका विषयमा आवश्यक सहयोग र सहुलियत अझै पर्याप्त देखिँदैन। उपचारको क्रममा राज्यबाट कुनै किसिमको विशेष सेवा वा सहुलियत अहिलेसम्म प्राप्त गर्न नसकेको मेरो आफ्नै अनुभव पनि छ। यी पीडादायी यथार्थहरू मैले सुनाउने प्रयास गरिरहेको छु, ताकि भोलिका दिनमा अरू कलाकारले यही अवस्था भोग्न नपरोस्।
तर मेरा लागि दर्शकहरू नै मेरा सरकार हुनुहुन्छ। उहाँहरूको माया, प्रार्थना, साथ र सेवाले नै मलाई आजसम्म उभ्याएको छ। उहाँहरूकै प्रेम र आशीर्वादबाट म आफूलाई एउटा कलाकार मात्र होइन, उहाँहरूको मनमा बसेको ‘राष्ट्रिय गान’ जस्तै महसुस गरिरहेको छु।
राज्यबाट पाउनुपर्ने सम्मान र सुरक्षा राज्यकै दायित्व हो। तर जब राज्य मौन हुन्छ, दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बन्दोरहेछ।मानव शरीरमा के थाहा भोलि कसलाई के आपत आउने हो?

यो मेरो गुनासो मात्र होइन—आउँदा पुस्ताका कलाकारका लागि एउटा चिन्ता र समयमै सोच्नुपर्ने आग्रह पनि हो। समयमैं सचेत रहनु होला ।