६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ?



अ+ अ-

काठमाडौं । गायक यम बरालले राज्य मौन हुदा दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बनेको जनाउनु भएको छ ।

रक्त क्यान्सरको उपचार पछि त्रिवि शिक्षण अस्पताल डिस्चार्ज भएको केही दिन पछि बरालले राज्यले कलाकारलाई राष्ट्रिय सम्पदाका रूपमा भाषणमा सम्मान गर्छ, तर व्यवहारमा कलाकारको स्वास्थ्य, उपचार र सुरक्षाका विषयमा आवश्यक सहयोग र सहुलियत दिदैन भन्दै गुनासो गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ।

राज्यको उदासीनता

नेपाली सुगम संगीत क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरिरहेको छु.नेपालको गणतन्त्रपछिको राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी’ एउटै माला नेपाली’ जस्ता राष्ट्रिय भावनासँग जोडिएका सिर्जनामा समेत सुरबद्ध गर्ने अवसर पाएँ। तर यति लामो योगदानपछि पनि कहिलेकाहीँ मनमा प्रश्न उठ्छ—कलाकारले उपचार लागि घर खेत बेचन पर्ने अवस्था त आउने होइन? सायद त्यो अवस्था मेरो जीवनमा पनि आउन सक्छ।

त्यसैले मैले समयमै स्वास्थ्य बिमा गरौँ, आफ्नो भविष्यका लागि आफैँले सोचौँ भनेर आग्रह गरिरहेको छु। कलाकारका लागि राज्यको संरक्षण र सामाजिक सुरक्षाको अवस्था हेर्दा यो कुरा भन्नुपर्दा मलाई दुःख लाग्छ।
राज्यले कलाकारलाई राष्ट्रिय सम्पदाका रूपमा भाषणमा सम्मान गर्छ, तर व्यवहारमा कलाकारको स्वास्थ्य, उपचार र सुरक्षाका विषयमा आवश्यक सहयोग र सहुलियत अझै पर्याप्त देखिँदैन। उपचारको क्रममा राज्यबाट कुनै किसिमको विशेष सेवा वा सहुलियत अहिलेसम्म प्राप्त गर्न नसकेको मेरो आफ्नै अनुभव पनि छ। यी पीडादायी यथार्थहरू मैले सुनाउने प्रयास गरिरहेको छु, ताकि भोलिका दिनमा अरू कलाकारले यही अवस्था भोग्न नपरोस्।
तर मेरा लागि दर्शकहरू नै मेरा सरकार हुनुहुन्छ। उहाँहरूको माया, प्रार्थना, साथ र सेवाले नै मलाई आजसम्म उभ्याएको छ। उहाँहरूकै प्रेम र आशीर्वादबाट म आफूलाई एउटा कलाकार मात्र होइन, उहाँहरूको मनमा बसेको ‘राष्ट्रिय गान’ जस्तै महसुस गरिरहेको छु।
राज्यबाट पाउनुपर्ने सम्मान र सुरक्षा राज्यकै दायित्व हो। तर जब राज्य मौन हुन्छ, दर्शकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति बन्दोरहेछ।मानव शरीरमा के थाहा भोलि कसलाई के आपत आउने हो?

यो मेरो गुनासो मात्र होइन—आउँदा पुस्ताका कलाकारका लागि एउटा चिन्ता र समयमै सोच्नुपर्ने आग्रह पनि हो। समयमैं सचेत रहनु होला ।