२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक



अ+ अ-

काठमाडौँ, २७ भदौः विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ ।

सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा. श्रीकृष्ण भट्टराईले ‘डिजिटल’ रूपमा लोकर्पण गर्नुभयो ।

पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ ।

त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ ।

नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहनुभएका पौडेलले पुस्तकमा व्यावसायिक आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नुपरेका सफलता, असफताका विषय पनि समेट्नुभएको छ ।

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको बताउनुभयो । करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभव र पछिल्लो समयमा फेरिएको विज्ञापन शैलीका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

उद्योगपति चौधरीले पुस्तक विज्ञापन क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका लागि इतिहासको अध्ययन, मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

सञ्चार उद्यमी राजकर्णिकारले सो पुस्तकले विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सरकारी नीतिनियमबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको बताउनुभयो ।

पूर्वन्यायाधीश भट्टराईले विज्ञापनको परम्परागत शैलीबाट डिजिटल रुपान्तरणसम्मको यात्रालाई पुस्तकमा सूक्ष्म रुपमा केलाएको जनाउनुभयो ।रासस