२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ



अ+ अ-

बागलुङ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।

यसैगरी, बुर्तिबाङबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको सूचना अधिकारी त्वातीले बताउनुभयो । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जनाइएको छ । रासस