कम्बोडिया। कम्बोडिया र म्यानमारबीच व्यापार, लगानी, संस्कृति तथा सञ्चार क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यसहित शुक्रवार चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र दुई दिने राजकीय भ्रमणमा रहेका म्यानमारका नेता मिन आङ ह्लाइङबीच नोम पेन्हस्थित ‘पिस प्यालेस’ मा सम्पन्न उच्चस्तरीय वार्तापछि यी सम्झौताहरूमा हस्ताक्षर भएको हो ।
कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमार्फत सम्झौताका क्षेत्रबारे विस्तृत जानकारी दिँदै दोहोरो करमुक्ति, पारस्परिक लगानी प्रवद्र्धन तथा संरक्षण, सांस्कृतिक सहकार्य सम्बन्धी संशोधन र सञ्चार तथा सूचना आदानप्रदान सम्बन्धी समझदारीपत्र समावेश रहेको उल्लेख गरेका छन् ।
म्यानमारका नेता मिन आङ ह्लाइङ दुई दिने औपचारिक भ्रमणका क्रममा शुक्रवार बिहान कम्बोडियाको राजधानी नोम पेन्ह आइपुग्नुभएको थियो ।
द्विपक्षीय वार्ताअघि उहाँले कम्बोडियाका सिनेट अध्यक्ष तथा कार्यवाहक राष्ट्राध्यक्ष समदेक तेचो हुन सेनसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभउको थियो ।
म्यानमारका राष्ट्रपतिले आफ्नो भ्रमणको अन्तिम दिन शनिवार उत्तर–पश्चिमी सिएम रीप प्रान्तमा रहेको युनेस्कोको विश्व सम्पदा सूचीकृत प्रसिद्ध अंकोर पुरातात्विक पार्कको अवलोकन भ्रमण गरी स्वदेश फर्कने कार्यतालिका रहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल









