७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा खान मिल्ने लुगा उत्पादन !



अ+ अ-

काठमाडौं । लामो समयदेखि गरिबी र भोकमरीको चपेटामा रहेको उत्तर कोरियाले खान मिल्ने लुगा उत्पादन गरेको छ । उक्त लुगा तैराकी, हाइकिङ र साहसी खेलका लागि प्रयोग गर्न सकिन्छ ।

किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडा फ्लेनलेट फाब्रिक्सबाट बनाइएको हो । यो फाब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, आइरन र क्याल्सियम आदिको मिश्रणबाट बनाईएको हुन्छ । जुन लुगा मानिसले भोक लागेको बोला पनि खाना झै कपाकप नै खान मिल्छ । यो लुगा खादाँ कुनै पनि रोग नलाग्ने बैज्ञानिक हरुले बताएका छन् ।

तर बैज्ञानिकहरुले खान मिल्ने बताएपनि उत्तर कोरियाका जनताहरुले उक्त उत्पाद नक्कली भएको आरोप लगाएका छन् । अहिले सार्वजनिक गरिएका कपडामा पुरुषका लागि ज्याकेट र महिलाको लागि अमेरिकी कम्पनी शनेलका डिजाइनर वार्डरोबको नक्कली उत्पादन सार्वजनिक गरिएको हो । त्यसका साथै ह्याण्डब्याग पनि गुची कम्पनीको नक्कली हो । त्यसैले उक्त लुगामाथि बारम्बार चर्के आलोचना भई रहेकबो छ । स्वदेशि बैज्ञानिकले अरु देशको उत्पादनमा केहि परिर्वतजन गरेर नयाँ डिजाईन ल्याएपनि किमले सार्वजनिक गरेका कपडाहरु उपभोग गर्ने कि नगर्ने भन्ने दुबिधामा रहेका छन् ।

कपडाको क्याटलग पनि निकै आकर्षक ढङ्गमा डिजाइन गरिएको छ । तोंगिल टुर्सले अंग्रेजी न्यूज वेबसाइटका अनुसार अहिले सार्वजनिक गरिएको यो ब्याट पुरुषको बीचमा निकै लोकप्रिय छ । महिलाको लागि सार्वजनिक गरिएका कपडाहरु परम्परागत किसिमका छन् । चिनियाँ मानिसहरु यसलाई १९९० को समयको फेसन बताउँछन् । उत्तर कोरियाका मानिसलाई भने यो आधुनिक फेसन रहेको बताएका छन् ।