८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दा किन्न गएकी महिला करोडपति बनेपछि…..



अ+ अ-

मानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् ।

आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ, बाटोमा पर्ने लटरी दुकानमा छिरिन् । भाग्यचिट्टा काट्ने पसलमा भिड देखेर उनीपनि त्यहाँ छिरेकी थिइन् । त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् ।

जब घर आएर लटरी टिकट स्क्रयाच गरिन्, तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेको थियो ।

नसोचेको चिट्ठा परेपछि उनको भुइँमा खुट्टा छैन । त्यो पैसा उनी आफ्नो बुढेशकालका लागि बचाएर राख्न चाहन्छिन् । डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन् ।




भर्खरै