८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ६ राशी भएका मानिस झुट बोल्न माहिर हुन्छन्



अ+ अ-

 प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशीको धेरै प्रभाव परेको हुन्छ। यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ। आज हामी तपाइँलाई यस्ता ६ राशीका बारेमा जानकारी दिँदैछौं जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन्।

वृष राशीका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन्। उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ। उनीहरुको कुरामा कुनै शंका समेत हुँदैन। जसका कारण वृष राशी भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन्। यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन्।

मिथुन राशीका मानिसहरु निकै चकचके हुन्छन्। उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन्। यिनीहरुमा शब्दै पिच्छे झुठ बोल्ने बानी हुन्छ। उनीहरुको स्वाभावका कारण धेरै मानिसले मिथुन राशीका मानिसलाई मन पराउँदैनन्। मिथुन राशी भएका मानिस मुडी पनि हुन्छन्।

सिंह राशी भएका मानिस अन्य मासिनको आकषर्णको केन्द्र बन्न चाहन्छन्। त्यही कारण उनीहरु झुट बोल्छन्। उनीहरु यति चाँडो झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य नै लाग्छ। यिनीहरु निकै होशियारी पूर्वक झुट बोल्छन्। सिंह राशी भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइ चढाइ गरेर झुट बोल्छन्। उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ। सिंह राशीमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन्।

तुला राशी भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन्। किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन्। यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन्।

वृश्चिक राशीका मासिनहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो। यिनीहरु यति होशियारी पूर्वक झुट बोल्छन् की उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन। यिनीहरु आफ्नो फाइदाकालागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन्।

कुम्भ राशीका मानिस जिस्किने स्वभावका हुन्छन्। त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन्। यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन्। तर कुम्भ राशी भएका मानिसहरु धेरै स्वार्थी हुन्छन्। यिनीहरु आफ्नो फाइदाकालागि कसैको पनि भरोस तोड्न पछि पर्दैनन्।




भर्खरै