१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै अझै छ झारफुकको चलन !



अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन ।

राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक ।

जयवागेश्वरीमा डोनट बनाउने पेशाका ५० वर्षीय सुभाष आचार्य दैनिक कम्तीमा पनि ५० बालबालिकाको झारफुक गर्छन् । उनी भन्छन्,‘झारफुक गर्न आउँछन्, नभ्याए पनि बालबालिकालाई फुकफाक गर्छु ।’

जयवागेश्वरीमा डोनट बनाउने पेशासँगै झारफुक गर्ने आचार्यजस्ता अरु पनि छन् । आचार्यका अनुसार जन्मने वित्तिकै मरेका शिशु, नाबालकमै मरेका र गर्भपतन गरिएका परिवारमा जन्मिएका बच्चा र पाठेघरमा गर्भ बस्न नसकेर सुकेका भ्रुण भोगेको परिवारमा जायजन्म भएका बालबचचामा स्वयम्भु अजिमाको दोष देखा पर्छ र तिनलाई फाकफाक गरेर जाति हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।