२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
अ अ+ अ-

काठमाडौँ। युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

इयूले आज विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् ।

“उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो । विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए”, विज्ञप्तिमा भनिएको छ । इयूले आफ्नो प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्‍यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ ।

स्थानीय प्रतिकार्यमा सहयोग पुर्‍याउन इयूले प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउन ‘कोपरनिकस’ भू-उपग्रह सेवा सक्रिय गरेको छ । इयू कमिस्नर फर प्रिपेयर्डनेस एण्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेका, गाउँहरू सम्पर्कविहीन भएका र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेका उल्लेख गर्दै यस बाढीले विगतका विपद्बाट पुनर्निर्माणमा रहेका समुदायलाई थप प्रभावित बनाएको बताउनुभयो ।

उहाँले इयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी तथा आश्रयका लागि २० लाख युरो उपलब्ध गराइएको विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।  रासस