१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा

अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा
अ अ+ अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोत व्यवस्थापनका कारण तराई–मधेसमा बाढी तथा पहिरोको जोखिम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद झाले नदीमा बग्ने बालुवा तथा जंगलबाट बगेर आउने काठको समयमै व्यवस्थापन गर्न नसक्दा ती प्राकृतिक स्रोत नै विपत्तिको कारण बन्न पुगेको बताउनुभयो ।

उहाँले प्रकृतिले दिएका स्रोतको उचित सदुपयोग गर्न नसक्दा वरदान बन्नुपर्ने स्रोत अभिशापमा परिणत भइरहेको बताउनुभयो । विशेषगरी बाढीका बेला नदीमा ठूलो परिमाणमा बगेर आउने बालुवा र काठ तराईतर्फ थुप्रिँदा नदीको सतह बढ्नुका साथै बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने गरेको उहाँको भनाइ थियो ।

सांसद झाले नदीमा पानीभन्दा बढी काठ बगिरहेको र बालुवा थुप्रिएर नदीको सतह बढिरहेको अवस्था देखिएको उल्लेख गर्दै स्वदेशमै उपलब्ध प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न नसक्नु नीतिगत कमजोरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नदीमा पानीभन्दा बढी काठ बगेको हामीले देखिरहेका छौँ, बालुवा थुप्रिएर नदीको सतह बढेको छ । यसरी हाम्रो प्रकृति र स्रोतहरू खेर गइरहेका छन्, तर हामी भने मलेसियालगायतका विभिन्न देशबाट काठ आयात गरिरहेका छौँ ।”

सांसद झाले नदीजन्य पदार्थ तथा वनजन्य स्रोतको वैज्ञानिक र व्यवस्थित व्यवस्थापनका लागि सरकारले तत्काल योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । प्राकृतिक स्रोतको व्यवस्थित परिचालन गर्न सके विपद्को जोखिम न्यूनीकरणसँगै मुलुकले आर्थिक लाभसमेत लिन सक्ने उहाँको भनाइ थियो।