१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन
अ अ+ अ-
 काठमाडाैँ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ ।
समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुनेगरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताउनुभयो ।
समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का सम्बन्धमा आज आयोजना गरेको छलफलमा उहाँले जलवायु परिवर्तनका प्रभावलाई समितिले सुरुदेखि नै प्राथमिकतामा राखेर निरन्तर छलफल गर्दै आएको बताउनुभयो ।
सभापति पौडेलले कोप–३१ मा नेपालको हितमा प्रभावकारी वार्ता गर्न आवश्यक आधार तयार पार्न सम्बन्धित सबै साझेदारसँग छलफल गरी आवश्यक दस्तावेज तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले यस विषयमा समितिका सचिवलगायत सम्बन्धित कर्मचारीले विश्लेषणात्मक अध्ययन गरिरहेको बताउनुभयो ।
“हाम्रो सावधानीपूर्वक वार्ता गर्ने क्षमताको अभावले विगतमा धेरै दुःख पाएको जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वको प्रतिबद्धता महत्वपूर्ण छ भने प्रक्रिया र प्राविधिक पक्षलाई व्यवस्थित गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको हो ।”
उहाँले कोप–३१ को तयारी तथा वार्ताका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर आवश्यक विषयमा संवेदनशील हुन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । वार्ताका लागि तथ्य र प्रमाणमा आधारित तयारी आवश्यक रहेको उल्लेख गर्दै उहाँले कर्मचारी तहबाट तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको विश्लेषणात्मक सामग्री महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सभापति पौडेलले कोप–३१ का लागि नेपालको धारणा स्पष्ट बनाउन समितिले सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल गर्ने बताउनुभयो । बैठकमा समितिका सदस्य तथा सम्बन्धित मन्त्रालयका अधिकारीहरूले नेपालले कोप–३१ मा उठाउनुपर्ने जलवायु न्याय, जलवायु वित्त, हानि तथा क्षति, अनुकूलन तथा जलवायुजन्य विपद्का विषयमा धारणा राख्नुभएको थियो ।