१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग
अ अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र साहले गत जेठ १७ गते संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्री साहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो । उहाँले उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै राष्ट्रिय हितविपरीत रहेको दाबी गर्नुभयो ।

सांसद संग्रौलाले सो अभिव्यक्ति रेकर्डबाट हटाउन आफूहरूले पटक–पटक माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशले भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती छ । यस्तो अभिव्यक्तिलाई यस सम्मानित सदनको रेकर्डबाट हटाउन हामीले पटक–पटक माग गर्दै आएका छौँ, तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन ।”

सरकारले यस विषयमा अहिलेसम्म जवाफ नदिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । आफ्नो मागको सम्बोधन कहिलेसम्म हुने हो भन्ने प्रश्न गर्दै सांसद संग्रौलाले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर यसअघि पनि विभिन्न दलका सांसदहरूले संसद्मा विरोध जनाउँदै आएका थिए । सांसद संग्रौलाले यस विषयलाई सरकारले बेवास्ता गर्न नहुने बताउनुभयो ।