१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो

चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित
अ अ+ अ-
काठमाडाैँ  । गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । दुवै मुलुकतर्फको सीमावर्ती क्षेत्रमा अत्यधिक क्षति भएकाले पनि नेपाल र चीन जोड्ने ‘लाइफलाइन’ का रुपमा चिनिएको रसुवा नाका तत्कालै सञ्चालन हुने सम्भावना निकै कम हुँदा दुवै मुुलुकका नागरिकको आवतजावत मात्रै  नभएर वैदेशिक व्यापार पनि ठप्पै भएको छ ।
बाढीले दुवैतर्फको सडक, पुल, भन्सार प्रशासनसँग जोडिका महत्वपूर्ण सबै खालका पूर्वाधार ध्वस्त पारेकाले पनि तत्कालै यो नाका तत्काल पुनर्निर्माण गरेर सञ्चालन गर्न पनि भौगौलिक रुपमा मात्रै नभएर व्यावहारिक रुपमा पनि जटिल रहेको छ । अर्काेतर्फ भोटेकोशीमा गएको बाढीसँगै तातोपानी नाका पनि केही समयदेखि अवरुद्ध हुँदै आइरहेको छ ।
छिमेकी मुलुक चीनसँग सडकमार्गबाट जोडिएका रसुवा र तातोपानी  नाका मात्रै अवरुद्ध भएको छैन । यसअघि सञ्चालन हुँदै आइरहेको मुस्ताङको कोरला नाका पनि यही असोज ८ देखि ११ गतेसम्म लगातार आएको बाढीपहिरोका कारणले विभिन्न ठाउँमा सडक तथा पुललगायतका संरचनामा क्षति भएपछि अहिले ठप्प छ । नेपालीहरुको चाडपर्व दसैँ, तिहार, छठलगायतका पर्व घरआँगनमा आइपुग्नै लाग्दा चीनसँग जोडिएका तीनवटै प्रमुख नाकाहरु अवरुद्ध हुँदा एकातर्फ दुवै मुलुकबीच हुने वैदेशिक व्यापार ठप्प जस्तै भएको छ । अर्काेतर्फ चाडपर्व लक्षित गरेर ल्याएका सरसमान पनि छिमेकी मुलुक चीनतर्फ नै रोकिएका छन् ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक श्रेष्ठले चीनसँग जोडिएका तीनवटै मुख्य नाका ठप्प हुँदा दुवै मुलुकबीच हुने आयात–निर्यात ठप्प भएको बताउनुभयो । “यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकाको तहसनहस नै बनायो । जसका कारणले सो नाका कहिले सञ्चालनमा आउने कुनै टुङ्गो छैन”, उहाँले भन्नुभयो, “भोटेकोशीमा बाढी आएको केही समयमै चिनियाँ पक्षले तातोपानी नाकाबाट पनि आयात निर्यात ठप्प पारेपछि चीनसँगको मुख्य नाका पूरै ठप्पै जस्तो छ ।”
उहाँले चाडपर्वलाई लक्षित गरेर चीनबाट ल्याउन लागेका वस्तु तथा सरसमान उतै रोकिँदा व्यवसायी तथा व्यापारी चर्काे मारमा परेको गुनासो गर्नुभयो । “व्यापारीले ऋणधन गरेर चीनबाट आयात गर्नुभएको वस्तु तथा समान चिनिया भूमिमा नै रोकिएका छन् । यसले व्यापारीहरुको ऋणको भार बढी रहेको छ भने अर्काेतर्फ सरसमान कहिले आउने भन्ने अनिश्चित कायमै छ”, उहाँले भन्नुभयो, “सरकारले चीन सरकारसँग कूटनीतिक पहलकदमी गरेर तत्कालै नाका तातोपानी नाका खुलाउने प्रयास गर्न जरुरत भइसकेको छ ।”
रसुवा नाका र तातोपानी नाका अवरुद्ध भएसँगै पछिल्लो समय मुस्ताङको कोरला नाका हुँदै चीनतर्फबाट वस्तु तथा सरसामान आयात र निर्यात हुँदै आइरहेको थियो तर यही असोज ८ देखि ११ गतेसम्मको लगातारको वर्षात्का कारणले कालीगण्डकी कोरिडोर आसपासमा सडक तथा पुललगायतका संरचनामा क्षतिग्रत बनाएपछि अहिले कोरला नाका हुँदै हुने वैदेशिक व्यापार पनि रोकिएको छ ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा चिनिने रसुवा, तातोपानी र कोरला नाका अवरुद्ध हुँदा चीनसँग हुने वैदेशिक व्यापार चौपट भएको बताउनुभयो । “अहिले त चीनसँग जोडिएका मुख्य सडकमार्गको पहुँच नै टुटेको छ”, उहाँले भन्नुभयो, “भोटेकोशीमा गएको बाढीपहिरो पछि रसुवा र तातोपानी नाकाबाट कोरला नाकातर्फबाट ल्याउन खोजिएका करिब ७०० भन्दा धेरै कन्टेनर सडक अवरुद्ध भएकाले चीनको भूमिका रोकिएका छन् ।”
सङ्घका महासचिव पराजुलीले चीनतर्फबाट आयात गरेर ल्याउन लागिएका करिब रु पाँच अर्ब रकम पर्ने वस्तु तथा सामान चिनियाँ नाकामा रोकिएको दाबी गर्नुभयो । “नेपाल सरकारले चीनसरकारसँग पर्याप्तमात्रामा कूटनीतिक पहलकदमी गरेर तातोपानी नाका खुलाउने प्रयास गर्नुपर्ने बेला भइसक्यो । जति ढिलो भयो, त्यति नै ठूलो असर पर्नेछ”, उहाँले भन्नुभयो, “कोरला नाकातर्फ पनि विभिन्न स्थानमा सडक र पुललगायतका संरचनामा क्षति भएकाले पनि सरकारले तत्कालै सडक तथा पुल मर्मतसम्भार गरेर सञ्चालन गर्न आवश्यक छ ।”
यस्तो छ मुख्य नाकाको वैदेशिक व्यापार
भन्सार विभागका अनुसार आव २०८२/८२ मा रसुवा भन्सार नाका हुँदै रु ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । सो आवमा कुल आयातमध्ये यो भन्सारको हिस्सा भने दुई दशमलव १८ प्रतिशत  छ । त्यस्तै सोही आवमा रसुवा भन्सार हुँदै रु ८९ करोड ४६ लाख एक हजार मूल्यपर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । आव २०८१/८२ मा रसुवा भन्सार हँुदै रु ८५ अर्ब २३ करोड २३ लाख ६० करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएका थियो । सो आवमा कुल आयातमध्ये उक्त भन्सार नाकाको आयातको हिस्सा भने चार दशमलव ७२ प्रतिशत छ । त्यस्तै यो नाका हुँदै सो आवमा रु दुई अर्ब चार करोड ५२ लाख ६१ हजार मूल्यपर्ने वस्तु तथा सामान निर्यात भयो ।
रसुवा नाका मात्रै नभएर चीनसँग सडकमार्गबाट जोडिएको तातोपानी भन्सार नाकाबाट पनि आयात निर्यात हुँदै आइरहेको छ । भन्सार विभागका अनुसार आव २०८२÷८३ मा तातोपानी नाका हुँदै रु ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार मूल्यपर्ने वस्तु तथा सामान नेपाल भित्रिएको छ । नेपाल भर हुने कुल आयातमध्ये यो नाकाको हिस्सा भने दुई दशमलव २७ प्रतिशत छ । सो आवमा यो नाका हुँदै हुने निर्यात भेन नगण्य रहेको छ ।
त्यसैगरी आव २०८१/८२ मा यो नाकाबाट  रु ५० अर्ब ३९ करोड ५८ लाख ६२ हजार मूल्यपर्ने वस्तु तथा सामान आयात भयो । यो आवमा कुल निर्यातमध्ये यो नाकाको हिस्सा भने दुई दशमलव ७९ प्रतिशत छ । त्यस्तै यो नाका हुँदै निर्यात भने शूल्य जस्तै छ । आव २०८२/८३ मा मुस्ताङ नाका हुँदै १४ अर्ब ४० करोड ६७ लाख २८ हजार मूल्यपर्ने वस्तु तथा सामान भित्रिएको छ । कुल आयातमध्ये यो नाकाको हिस्सा शून्य दशमलव ६९ प्रतिशत छ । सो आवमा यो नाका हुँदै २० करोड ५५ लाख ७५ हजार मूल्यपर्ने वस्तु तथा सामान निर्यात भएको छ । निर्यातमा यो नाकाको हिस्सा भने शून्य दशमलव ०७ प्रतिशत मात्रै छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले यही असोज ९ गते नेपालका लागि चिनिया राजदूत वाङ माओमिङसँग भेटघाट गर्दै रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास र रसुवागढी केरुङ नाका पुनः सञ्चालन लगायतको विषयमा चीन सरकारकोतर्फबाट आवश्यक सहयोग गर्न अनुरोध गर्नुभएको छ । करिब छ लाख ५० हजारभन्दा धेरै नेपाली नागरिकसँग जोडिएको छ । मन्त्री लम्सालले तातोपानी र कोरला नाकालगायत जतिसक्दो छिटो सञ्चालनका लागि आवश्यक पहल कदमी गरिदिनका लागि चिनियाँ पक्षसँग अनुरोध गर्नुभएको छ ।
मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वय गर्नका लागि आह्वान गर्नुभएको छ । चिनियाँ राजदूत वाङ माओमिङले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्न सकिने बताउनुभयो । राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रासस