१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो

अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा

अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा
अ अ+ अ-

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैरआवासीय नेपाली (एनआरएन) फन्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सापकोटाले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सन मार्केटमा सेटलमेन्टको जिम्मेवारी सीडीएससीले र बजार सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको छ ।

अक्सन मार्केटका सम्बन्धमा छिट्टै नतिजा देखिने चरणमा काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, एनआरएनको लगानी भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक तयारी तथा कार्ययोजना तयार गरिसकेको उहाँको भनाइ छ ।

सापकोटाले लगानीकर्तालाई प्रविधिमार्फत थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । करिब ८० लाख लगानीकर्ताको धितोपत्र स्वामित्व तथा होल्डिङ व्यवस्थापन गरिरहेको संस्थाका रूपमा सीडीएससी प्राविधिक रूपमा सक्षम र सबल हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सीडीएससीको पूर्वाधारमा कुनै पनि किसिमको सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । संस्थाको जिम्मेवारी र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्न आवश्यक बजेट तथा स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिइने उहाँले बताउनुभयो ।

सापकोटाले लगानीकर्ताको धितोपत्र होल्डिङ तथा अभिलेख व्यवस्थापनजस्तो संवेदनशील जिम्मेवारी सीडीएससीसँग रहेकाले संस्थाको प्राविधिक क्षमता र पूर्वाधारलाई कमजोर हुन नदिने स्पष्ट पार्नुभयो ।