१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत

हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण

हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाको खोजी, त्रिपुरेश्वर आत्मदाह घटनाका पीडित परिवारसँग संवाद र पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले बैंक खाता खोल्न नपाएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले गत असोज ११ गते मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीन जना श्रमिक बेपत्ता भएको स्मरण गराउनुभयो। उहाँका अनुसार बेपत्तामध्ये घनश्याम राईको शव फेला परिसकेको भए पनि लककुमार गुरुङ र सुरज राईको अवस्था अझै अज्ञात छ।

बेपत्ताका आफन्तले खोजी कार्यमा सरकारले पर्याप्त तत्परता नदेखाएको गुनासो गरिरहेको भन्दै राईले तत्काल प्रभावकारी खोजी तथा उद्धारको पहल गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यस्तै, त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनामा मृत्यु भएका अर्जुन दोङ तामाङका परिवारसँग सरकारले संवाद नगरेको विषय पनि उहाँले सदनमा उठाउनुभयो। न्याय र वार्ताको माग गर्दै पीडित परिवार गृह मन्त्रालय पुगे पनि सम्बन्धित मन्त्रीसँग भेट हुन नसकेको भन्दै उहाँले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउनुभयो।

पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोग्नुपरेको बैंकिङ समस्याबारे पनि राईले सरकारको ध्यानाकर्षण गराउनुभयो। पोल्याण्डका बैंकले नेपाली श्रमिकलाई बैंक खाता खोल्न नदिएको र यसको प्रमुख कारण नेपाल ‘ग्रे लिस्ट’मा पर्नु रहेको गुनासो श्रमिकबाट आएको उहाँले बताउनुभयो।

बैंक खाता खोल्न नपाउँदा पारिश्रमिक बुझ्न तथा दैनिक खर्च व्यवस्थापन गर्नसमेत समस्या भएको भन्दै राईले समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई तत्काल कूटनीतिक तथा प्रशासनिक पहल गर्न आग्रह गर्नुभयो।