• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय



अल्जियर्स । अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ । सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको थियो ।

झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् । यी मुद्दाहरु खासगरी पूर्व राष्ट्रपतिसँग नजिक रहेका उच्च पदस्थ कर्मचारी र राजनीतिक नेताहरुमा केन्द्रित छ ।

पूर्व राष्ट्रपति बौतेलिफाले जनताले गरेको लगातारको प्रदर्शनपछि राजिनामा दिएका थिए । सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो ।