२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ ।

मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताउनुभएको हो । उहाँले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि कुनै ठोस गति लिन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति र वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गराउँदै उहाँले सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न र डेलिभरी दिन सुझाव दिनुभयो ।

मुलुकमा देखिएको ग्यास अभाव र बजारका समस्याबारे बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भया । –न्युज एजेन्सी नेपाल