२६ भाद्र २०८३, शुक्रबार
,
Latest
जलवायु न्यायसम्बन्धी छुट्टै कानुन छैन, तर विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताका आधारमा दाबी गर्न सकिन्छ: विपद् विज्ञ… ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न, सर्वोच्चमा रिट लागुऔषधसहित १७ जना पक्राउ भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको शव फेला, ५ हजार १३० अझै बेपत्ता राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे आवाज उठाउने भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर रु चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूहको सेयर मूल्य बढेको छ । बैंकिङ शून्य दशमलव ७८, व्यापार एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव शून्य पाँच, हाइड्रोपावर एक दशमलव ८३, वित्त शून्य दशमलव ४६, निर्जीवन बिमा एक दशमल ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ९७, जीवन बिमा शून्य दशमलव ९७, लगानी एक दशमलव ५८ र अन्य शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घट्नुका साथै नौ कम्पनी स्थिर छन् । नेप्सेका अनुसार आज उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, ओममेगाश्रीलगायत लगानीकर्ताले गुमाएका छन् ।