३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितलाई भेट्दै पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनरत महिलाको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले पीडितका माग र समस्याबारे जानकारी लिँदै समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । विगतको अन्तरिम सरकारले पीडितसँग गरेका सम्झौता स्मरण गराउँदै भण्डारीले ती सम्झौताको आधारमा वर्तमान सरकारले समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै उहाँले धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा रहेको जानकारी पाएपछि उनीहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन आफू आएको बताउनुभयो ।

भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समस्यालाई जरैदेखि समाधान गर्नुपर्ने बताउनुभयो । पीडितहरूले भेटका क्रममा आफ्ना समस्या र पीडा पूर्वराष्ट्रपति भण्डारीसमक्ष राखेका थिए ।

पीडितका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू चार दिनदेखि धर्नामा रहेको र सुनसरीको इनरुवाबाट कतिपय पीडित १९ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराएका थिए । उनीहरूले तत्काल घुम्ती शौचालय तथा सुरक्षित बासस्थानको व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए ।

लघुवित्त तथा मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणले न्याय र आफ्ना माग सम्बोधनको माग गर्दै केही समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।