४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत
अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः सम्पर्क स्थापित भएको संकेत दिनुभएको छ। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट ट्रम्पले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताउनुभएको हो।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका तीनवटा भेटले कोरियाली प्रायद्वीपलाई ‘धेरै सुरक्षित’ बनाएको दाबी गर्नुभयो। दोस्रो कार्यकाल सुरु भएपछि भने दुई नेताबीच प्रत्यक्ष भेट भएको छैन।

किमले आफूले गरेको सम्पर्क प्रयासको जवाफ नदिएको हो कि भन्ने प्रश्नमा ट्रम्पले किमबाट प्रतिक्रिया आएको दाबी गर्नुभयो। यद्यपि सम्पर्कको माध्यम र सम्भावित वार्ताबारे उहाँले थप विवरण दिनुभएन। किमसँगको संवाद ‘धेरै सकारात्मक’ रहेको ट्रम्पको भनाइ छ।

ट्रम्पले किमको प्रशंसा गर्दै दुई नेताबीचको सम्बन्धले कोरियाली प्रायद्वीपमा तनाव कम गर्न सहयोग गरेको दाबी गर्नुभयो। उहाँले आफूले किमलाई बुझ्ने र किमले पनि आफूलाई बुझ्ने बताउनुभयो।

यसअघि ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै पेन्टागनलाई अभ्यास फिर्ता लिन आदेश दिएको घोषणा गर्नुभएको थियो। उहाँले अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ भन्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिका–इजरायल सैन्य कारबाहीमा सहयोग गर्न अस्वीकार गरेको विषयसँग समेत निर्णयलाई जोड्नुभएको थियो।

दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकाले आफ्ना सहयोगी मुलुकको सुरक्षा गरिरहँदा ती मुलुकले अमेरिकालाई सहयोग नगर्नु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो। उहाँले अमेरिकी सहयोगीहरूको भूमिकामाथि समेत प्रश्न उठाउनुभएको छ।

यता, दक्षिण कोरियाली अधिकारीहरूले भने निर्धारित कार्यक्रमअनुसार उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास सञ्चालन भइरहेको र अमेरिकासँगको समन्वय कायम रहेको बताएका छन्। राष्ट्रपति ली जे म्युङको कार्यालयले अभ्यासको उद्देश्य उत्तर कोरियामाथि आक्रमण गर्नु वा कोरियाली प्रायद्वीपमा तनाव बढाउनु नभएको स्पष्ट पारेको छ।

एघार दिनसम्म सञ्चालन हुने उक्त अभ्यासमा सम्भावित युद्धका लागि अमेरिकी तथा दक्षिण कोरियाली सेनाको संयुक्त तयारी र क्षमताको परीक्षण गरिँदैछ। अभ्यासमा युक्रेनविरुद्धको युद्धमा रुसको पक्षमा तैनाथ उत्तर कोरियाली सेनासँग सम्भावित भिडन्तको अवस्थासमेत समेटिएको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन्।

उत्तर कोरियाले भने पछिल्लो सैन्य अभ्यासबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। प्योङयाङले अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको तयारीका रूपमा आलोचना गर्दै आएको छ।

यसैबीच, ट्रम्पको पछिल्लो अभिव्यक्तिले वासिङ्टन र प्योङयाङबीच पुनः उच्चस्तरीय संवादको सम्भावना बढाएको संकेत गरेको छ। तर किमको सार्वजनिक प्रतिक्रिया नआइसकेकाले दुई देशबीचको सम्पर्क औपचारिक वार्ताको तहमा पुग्ने वा नपुग्ने भने अझै स्पष्ट भइसकेको छैन।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध युद्धविराममा समाप्त भएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति निरन्तर रहँदै आएको छ। ट्रम्पले अमेरिकी गठबन्धन र सहयोगी मुलुकप्रति व्यक्त गर्दै आएको आलोचना तथा सैन्य अभ्यास र अमेरिकी सैनिक उपस्थितिमा सम्भावित परिवर्तनले दक्षिण कोरिया, जापानलगायत पूर्वी एसियाली सहयोगी मुलुकमा भने सुरक्षा चिन्ता बढाउन सक्ने देखिएको छ।