२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए



अ+ अ-

काबुल। अक्टोबरमा दुई देशबीच झडप भएपछि स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भए पनि पाकिस्तान हुँदै अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवीय सहायता बोकेका सात सयभन्दा बढी ट्रक आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार यो जानकारी दिएको हो।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) की प्रवक्ता ओल्गा चेरेभ्कोले एएफपीसँग भन्नुभयो, “यो समूह (काफिला) मा खाना र अन्य अत्यावश्यक मानवीय सामग्री रहेका छन् ।

पाकिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय तथा मानवीय समन्वयक मो याह्याले एक्समा लेख्नुभएको छ, “तोरिखम नाकाबाट ७२४ ट्रक मानवीय सहायताका सामान बोकेर अफगानिस्तान प्रवेश गरेका छन्। यो सबैभन्दा बढी आवश्यकता परेका परिवारहरूसम्म पुग्नेछ।”

उहाँले इस्लामाबाद र यो मानवीय जीवनरेखा खुला राख्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अगस्टको सुरुमै यस वर्ष मानवीय सहायताको अभावमा अफगानिस्तानमा बालबालिकाको गम्भीर कुपोषण सङ्कटपूर्ण स्तरमा पुगेको चेतावनी दिएको थियो ।

गत वर्षका घातक भूकम्प, यस वर्षका जलवायुसम्बन्धी विपद् र सन् २०२३ देखि इरान तथा पाकिस्तानबाट फर्किएका लाखौँ अफगानका कारण करिब एक करोड चालीस लाख अफगान अहिले गम्भीर भोकमरीको सामना गरिरहेका डब्लुएफपीले जनाएको छ।

अफगानिस्तानको पाकिस्तानसँगको द्वन्द्वका कारण सन् २०२५ को अक्टोबरदेखि दुई देशबीचको स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भएको छ । यसले मानवीय सहायता पु¥याउने यातायात मार्गलाई गम्भीर रूपमा प्रभावित पारेको डब्लुएफपीका उप कार्यकारी निर्देशक कार्ल स्काले मे महिनामा एएफपीसँग बताउनुभएको थियो ।

यस वर्षको सुरुमा पाकिस्तानबाट आउने अफगान विद्यालयका बच्चाहरूका लागि पोषणयुक्त बिस्कुटलाई इरान हुँदै लैजानुपरेको थियो। तर त्यहाँ पनि युद्ध सुरु भएपछि त्यो बाटो समेत अवरुद्ध भयो।

अन्ततः ती बिस्कुट जोर्डन, टर्की र अजरबैजान हुँदै स्थल तथा समुद्री बाटोबाट महिनौं पछि मात्र अफगानिस्तान पुगेका थिए।  (रासस/एएफपी)