२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति



अ+ अ-

काठमाडौँ। इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातका लागि नयाँ मार्गको नक्शांकनका बारेमा सहमति भएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता बाघेईले होर्मुज जलडमरूमध्यबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताउनु भयो ।

उहाँकाअनुसार दुवै देशले यस सहमतिको मस्यौदालाई नक्शा र संयुक्त विज्ञप्तिसहितको एकमुष्ट प्याकेजका रूपमा अन्तिम रूप दिने तयारी गरेका छन् ।

यस प्रक्रियामा भएको ढिलाइबारे स्पष्ट पार्दै बाघेईले यसको जटिलता, प्रक्रियामा प्रभाव पार्न खोज्ने विभिन्न पक्षहरूको उपस्थिति र केही द्वेषपूर्ण तत्वहरूको अवरोधलाई मुख्य कारणका रूपमा उल्लेख गर्नुभयो ।

उहाँले तेहरान र मस्कटले यस विषयमा अत्यन्तै गम्भीरताका साथ छलफल जारी राखेको र संयुक्त विज्ञप्तिको पाठमा विचार आदानप्रदान भइरहेको बताउनु भयो । दुवै देशले आफ्ना राष्ट्रिय हितको रक्षा गर्ने, आपसी सरोकारहरू सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय सिपिङका नियमहरूलाई ध्यानमा राख्दै प्रभावकारी संयन्त्र विकास गर्न चाहेको उहाँको भनाइ थियो ।

सोही अवसरमा प्रवक्ता बाघेईले गत जुन १८ मा इरान र अमेरिकाबीच भएको समझदारी पत्रका बारेमा पनि टिप्पणी गर्नुभयो ।

उक्त सम्झौताअनुसार तेहरानको आणविक मुद्दा र प्रतिवन्धहरू हटाउने विषयमा ६० दिनभित्र वार्ता शुरु हुनुपर्ने प्रावधान थियो । तर अमेरिकाले सम्झौताको व्यापक र गम्भीर उल्लंघन गरेका कारण उक्त वार्ता शुरु हुन नसकेको उहाँले दाबी गर्नुभयो ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो सुरक्षा निगरानी र नियन्त्रणलाई थप सशक्त बनाएको छ । विश्वको प्रमुख तेल आपूर्तिका लागि यो जलमार्गलाई अत्यन्तै संवेदनशील मानिन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल