२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको आरोप



अ+ अ-

काठमाडौँ। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पु¥याउने स्पष्ट सन्देश दिएको बताउनुभएको छ ।

लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

स्थानीय प्रत्यक्षदर्शी मोहम्मद फकिहका अनुसार उक्त विस्फोटका कारण घरहरूमा ठूलो क्षति पुगेको छ । त्यसैगरी, नबातिह जिल्लाकै ‘अन्सार’ सहरमा भएको अर्को इजरायली हवाई हमलामा सात जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मारिनेहरूमा तीन बालबालिका र दुई महिला रहेका छन् । स्थानीय बासिन्दा अब्बास खलिलकाअनुसार बिहान सबेरै ४ः३० बजे हवाई जहाजको आवाजसँगै ठूलो विस्फोट भएको थियो, जसमा एकै परिवारका सदस्यहरूले ज्यान गुमाएका छन् ।

नबातिह र आसपासका गाउँहरूमा इजरायलले हवाई हमला र भारी गोलाबारी तिब्र पारेपछि सयौँ स्थानीय बासिन्दाहरू असुरक्षाका कारण दक्षिणी शहर सिदोनतर्फ पलायन भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यो आक्रमण यस्तो समयमा भएको छ जब लेबनान र इजरायलबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दीर्घकालीन सुरक्षा सम्झौता र शान्ति प्रक्रियाका लागि छलफल भइरहेको छ ।

दुवै पक्षले यसै महिनाको शुरुमा इटालीको रोममा सातौँ चरणको वार्ता सम्पन्न गरेका थिए र आगामी सेप्टेम्बरको शुरुमा पुनः वार्तामा बस्ने तयारीमा रहेका थिए । यस घटनाले जारी शान्ति प्रयासमा थप चुनौती थपेको विश्लेषण गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल