२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द



अ+ अ-

फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित पारेपछि सोमवार यस्तो निर्णय लिइएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा सोमवार जारी गरिएको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था र सरकारी निकायहरूलाई वैकल्पिक कार्य व्यवस्था (अनलाइन वा भर्चुअल माध्यम) अपनाउन निर्देशन दिइएको छ । यद्यपि, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवामा संलग्न फ्रन्टलाइन निकायहरूलाई भने यो आदेश लागू हुनेछैन ।

विपद् व्यवस्थापनका अधिकारीहरूका अनुसार हालसम्म देशका कम्तीमा ५० वटा सहर र नगरपालिकाहरूमा संकटकाल घोषणा गरिएको छ ।

पाम्पाङ्गा र काभाइट प्रान्तले आफ्ना सबै स्थानीय तहहरूमा संकटकाल लागू गरेका छन् । अत्यधिक वर्षाका कारण फिलिपिन्सका विभिन्न भू–भागमा भीषण बाढी र पहिरो गएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी नियन्त्रण पूर्वाधार निर्माणमा भएको भ्रष्टाचार र ढिलासुस्तीका कारण कतिपय महत्वपूर्ण संरचनाहरू अधुरो रहेको वा उचित मर्मतसम्भारको अभावमा रहेकाले विपद् व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल